सन्दीपलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
२१ वैशाख, काठमाडौं ।नेकपा एमालेका सचिव तथा सांसद टोपबहादुर रायमाझीका पुत्र सन्दीप रायमाझीलाई हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।
बुधबार साँझ बुटवलबाट पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अदालतले प्रहरीलाई तीन म्याद दिएको हो।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा बुधबार पक्राउ परेका सन्दीपलाई भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं ल्याइएको छ।
उनलाई बिहान ७ बजे नै विमानस्थल पुर्याइएको थियो। अहिले काठमाडौं ल्याएर उनलाई अदालतबाट म्याद थपिएको हो।
त्यही प्रकरणमा मुछिएका टोपबहादुर सम्पर्कविहीन छन्। अहिलेसम्म उनी पक्राउ नपरेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख एसपी भरत विकले बताए।
बुधबार टोपबहादुरले भैरहवाबाट काठमाडौं आउन टिकट काटेका थिए। उनी सभामुख देवराज घिमिरेसँग बुधबार नै काठमाडौं आउने तयारीमा थिए।
तर काठमाडौं झरेलगत्तै प्रहरीले पक्राउ गर्ने तयारीबारे सूचना पाएपछि उनी सम्पर्कविहीन भएका हुन्। उनले काटिसकेको टिकट पनि रद्द गरेका छन्।उनको फोन अफ रहेको छ भने खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
यसअघि पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परिसकेका छन्।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply