सुनुवाइ समितिमा तीन दिनभित्र सांसदको नाम दिन सभामुखको निर्देशन

२४ वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतक र शीर्ष नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सांसदको नाम बुझाउन निर्देशन दिएका हुन् ।
संघीय संसद्का दुई समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरू पूर्ण नहुँदा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ती लगायतका काममा असर पर्ने भएकाले तत्काल समिति गठन गर्न सभामुखले नाम बुझाउन भनेका हुन् ।
राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम बाँकी नै रहेको छ । दुवै समितिमा १५-१५ सदस्य हुन्छन् जसमध्ये १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रिय सभाबाट हुने कानुनी व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply