सुनुवाइ समितिमा तीन दिनभित्र सांसदको नाम दिन सभामुखको निर्देशन
२४ वैशाख, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समितिमा रहने सांसदको नाम तीन दिनभित्र बुझाउन निर्देशन दिएका छन् ।
आज (आइतबार) प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा सभामुख घिमिरेले प्रमुख राजनीतिक दलका सचेतक र शीर्ष नेताहरूलाई तीन दिनभित्र समितिहरूमा रहने सांसदको नाम बुझाउन निर्देशन दिएका हुन् ।
संघीय संसद्का दुई समिति संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा सदस्यहरू पूर्ण नहुँदा प्रधानन्यायाधीश र न्यायाधीश नियुक्ती लगायतका काममा असर पर्ने भएकाले तत्काल समिति गठन गर्न सभामुखले नाम बुझाउन भनेका हुन् ।
राष्ट्रिय सभाबाट संसदीय सुनुवाइमा बस्नेको नाम पठाइसकिएको छ भने प्रतिनिधिसभामा बस्नेको नाम बाँकी नै रहेको छ । दुवै समितिमा १५-१५ सदस्य हुन्छन् जसमध्ये १२ जना प्रतिनिधिसभा र ३ जना राष्ट्रिय सभाबाट हुने कानुनी व्यवस्था रहेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply