आजदेखि महानगरले अव्यवस्थित तार व्यवस्थापन गर्ने

२५ वैशाख, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले आज (सोमबार) देखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने नगर प्रहरीले जनाएको छ ।
तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि समेत रहने छन् ।
सेवा प्रदायकले आ–आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ । काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो ।
प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ
–माइतीघरदेखि एयरपोर्ट
–त्रिपुरेश्वर देखि महाराजगञ्ज
–न्युरोड–वसन्तपुर हुँदै असन
–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी
–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी
–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ
–नक्साल–बालुवाटार हुँदै शीतल निवास
–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी
–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी
–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू
–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला
–गौशाला–बौद्वनाथ
–कालिमाटी–कुलेश्वर हुँदै बल्खु
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply