आजदेखि महानगरले अव्यवस्थित तार व्यवस्थापन गर्ने
२५ वैशाख, काठमाडौँ । काठमाण्डौ महानगरपालिकाले आज (सोमबार) देखि सडकमा अव्यवस्थित तार व्यवस्थापन गर्ने भएको छ । महानगरको नगर प्रहरीसहित सरोकारवाला पक्षको हिजो बसेको बैठकले आजदेखि अव्यवस्थित तार व्यवस्थापनको काम थाल्ने निर्णय गरेको हो ।
पहिलो चरणमा माइतीघर मण्डलादेखि बानेश्वर हुँदै एअरपोर्टसम्म र न्युरोडदेखि वसन्तपुर, असन क्षेत्रको तार व्यवस्थापन गर्ने तयारी छ । माइतीघर मण्डला र न्युरोड गेटबाट तार व्यवस्थापनको काम थालिने नगर प्रहरीले जनाएको छ ।
तार व्यवस्थापनको काममा नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम, काठमाडौ उपत्यका प्रहरी कार्यालय, महानगर प्रहरी बल र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि समेत रहने छन् ।
सेवा प्रदायकले आ–आफ्नो तारमा सङ्केत चिह्न लगाउने, चिह्न नलगाएका कारण तार काटिन गएमा सेवा प्रदायक आफैँ जिम्मेवार हुनुपर्ने निर्णयसमेत भएको छ । काठमाण्डौ महानगरपालिकाले सडक किनारामा गाडिएका बिजुलीका पोलहरूमा छाडिएका अनावश्यक तार हटाउन र आवश्यक पर्ने तारमा सङ्केत चिह्न लगाउन १५ दिनको समय दिएर गएको वैशाख ११ गते सार्वजनिक सूचना निकालेको थियो ।
प्राधिकरणका अनुसार अव्यवस्थित तार हटाउन यस्तो ‘रुटिन’ प्लान’ बनाइएको छ
–माइतीघरदेखि एयरपोर्ट
–त्रिपुरेश्वर देखि महाराजगञ्ज
–न्युरोड–वसन्तपुर हुँदै असन
–माइतीघर–पुतलीसडक हुँदै नारायणहिटी
–भद्रकाली–नारायणहिटी–कमलादी हुँदै रानीपोखरी
–डिल्लीबजार–अनामनगर हुँदै बीआईसीसी रिङ
–नक्साल–बालुवाटार हुँदै शीतल निवास
–माइतीघर–त्रिपुरेश्वर हुँदै कलंकी
–लैनचौर–अस्कल–रानिवारी हुँदै सामाखुसी
–सोह्रखुट्टे–ढल्को–ताहाचल हुँदै स्वयम्भू
–सिनामंगल–पुरानो बानेश्वर हुँदै गौशाला
–गौशाला–बौद्वनाथ
–कालिमाटी–कुलेश्वर हुँदै बल्खु
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply