२७ बैशाख २०८०, बुधबार ०६:१३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
पूर्व गृहमन्त्री खाँणलाई प्रहरी परिसर टेकु लगियो
२७ वैशाख, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई टेकु लगिएको छ । उनलाई बिहान निवासबाट पक्राउ गरिएको हो । काठमाडौं प्रहरी परिसरका सादा पोशाकका प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका खाँणलाई आजै म्याद थप गरेर अनुसन्धान अघि बढाउन लागिएको प्रहरीले जनाएको छ । उनलाई चाबहिलस्थित उनकै निवासबाट पक्राउ गरेर अपराध महाशाखा बानेश्वर लगिएको थियो । त्यहाँ सामान्य सोधपुछपछि उनलाई काठमाडौं प्रहरी परिसर लगिएको हो ।
प्रहरीले खाँणसँगै उनका निजी नरेन्द्र केसीलाई पनि नियन्त्रणमा लिएको छ । उनी गृहमन्त्री भएका बेला गृहसचिव रहेका हाल उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेपछि खाँण पनि अनुसन्धानमा तानिएका हुन् । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply