बालुवाटारमा प्रधानमन्त्रीसँग रविको भेटवार्ता, सरकारमा आउन आग्रह
२९ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार (प्रधानमन्त्रीको निवास) पुगेका थिए ।
नक्कली भुटानी शरणार्टी प्रकरणले राजनीति तातीरहेका बेलापूर्व गृहमन्त्री समेत रहेका लामिछानेले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुङ्गोमा पुर्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । उनले प्रचण्डलाई खुट्टा नकमाईकन कारबाही अघि बढाउन आग्रह गर्दै यसमा आफूहरुको साथ रहने बताएका छन् । उनले भ्रष्टाचारको फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै, यसमा आफूले साथ दिने बताएका हुन् ।
यस प्रकरणमा हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँड, उनका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् ।
अर्का आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ । खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादस मेत यसअघि सार्वजनिक भइसकेको छ । हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply