बालुवाटारमा प्रधानमन्त्रीसँग रविको भेटवार्ता, सरकारमा आउन आग्रह
२९ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज (शुक्रबार) बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेट गरेका छन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार (प्रधानमन्त्रीको निवास) पुगेका थिए ।
नक्कली भुटानी शरणार्टी प्रकरणले राजनीति तातीरहेका बेलापूर्व गृहमन्त्री समेत रहेका लामिछानेले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन् । लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुङ्गोमा पुर्याउन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । उनले प्रचण्डलाई खुट्टा नकमाईकन कारबाही अघि बढाउन आग्रह गर्दै यसमा आफूहरुको साथ रहने बताएका छन् । उनले भ्रष्टाचारको फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै, यसमा आफूले साथ दिने बताएका हुन् ।
यस प्रकरणमा हालसम्म पूर्व गृहमन्त्री बालकृष्ण खाँड, उनका निजी सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईसहित बहालवाला सचिव (तत्कालीन गृह सचिव) टेकनारायण पाण्डे, सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परिसकेका छन् ।
अर्का आरोपित नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी भने फरार रहेका छन् । उनको प्रहरीले खोजी गरिरहेको छ । खाँडकी श्रीमती मञ्जु खाँड र कांग्रेस नेतृ आरजु राणालाई रकम बुझाउनुपर्ने भन्दै बिचौलियासँगको अडियो संवादस मेत यसअघि सार्वजनिक भइसकेको छ । हालसम्म एक सय छ जनाले २० जाहेरी दिएका छन् । उनीहरूले कुल रु २३ करोड २५ लाख ठगी भएको भनी प्रहरीमा जाहेरी दिएका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply