टोपबहादुर नभेटिएपछि सीआइबीले लग्यो संसद सचिवालयका ‘सीसीटीभी फुटेज’
२९ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरर रहेका एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझीको खोजी गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले संसद् सचिवालयका सीसीटीभी फुटेज संकलन गरेको छ ।
रायमाझीको बिरामी बिदाको आवेदन बोकेर आउने व्यक्तिको पहिचान गर्नका लागि प्रहरीले संसद सचिवालयको सीसीटीभी फुटेज संकलन गरेर लगेको हो । ‘मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभी क्यामेराको फुटेज लगिएको छ,’ संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेले सुनाए ।
नक्कली शरणार्थी प्रकरणमा प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी बेपत्ता भएका छन् । सचिवालयमा गएका व्यक्तिमार्फत टोपबहादुरसम्म पुग्न प्रहरीले यो उपाय लगाउने भएको हो । प्रहरीले खोजी गरिरहेका व्यक्तिको पत्र आइसकेपछि प्रहरी उनको खोजीमा सचिवालय आएका व्यक्तिको कनेक्सन पहिल्याउन लागेको हो ।
बिना जानकारी प्रतिनिधि सभाका १० वटा बैठकमा अनुपस्थित भए सांसद पद नै धरापमा पर्ने भएकाले रायमाझीले बिरामी रहेको पत्र पठाएका हुन् । बिरामी भनिएका रायमाझी कुन अस्पतालमा छन् भन्ने एमालेले पनि जानकारी पाएको छैन । प्रहरीलाई र पार्टी नेतृत्वलाई पनि उनले ढाँटेका थिए ।
मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा चिठ्ठी पठाएका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने अवैध योजनामा संलग्न रहेको भन्दै पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । एमालेका रायमाझी भने फरार छन् । कांग्रेसका खाँण पक्राउ परेपछि एमालेले रायमाझीलाई सचिवबाट निलम्बन गरेको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply