द्वन्द्वकालको जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति हुँदैन : प्रधानमन्त्री

४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताएका छन् ।
आज को प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्ने छ । सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु, उनले भने, विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनु पर्छ । शान्ति प्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ ।
यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारी एबम् सार्वजनिक शिक्षा सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद् ईश्वरी न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारी सिर्जना गर्न शिक्षामा गुणात्मक सुधार गर्ने सरकारको योजना रहेको बताएका हुन् ।
प्रचण्डले भने, नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा ६७ अर्ब १९ करोड बाहिरियो । मलसम्बन्धी कार्यलाई उच्च प्राथमिकतमा राखिएको छ ।’ प्रधानमन्त्रीले स्वदेशमै मल उत्पादन गर्ने विषयलाई प्राथमिकता दिएको बताए । प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रचण्डले आज सांसदसँग जवाफ दिइरहेका छन् । २०७९ मंसिर ४ मा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply