द्वन्द्वकालको जघन्य अपराधमा संलग्नलाई उन्मुक्ति हुँदैन : प्रधानमन्त्री
४ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायका काम शान्ति सम्झौताको मर्मअनुसार समाधान गर्न सरकार दृढ रहेको बताएका छन् ।
आज को प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘जनयुद्ध र जनआन्दोलका घाइतेलाई परिपूरण र पुनर्स्थपानाको काम अघि बढ्ने छ । सरकारको तर्फबाट बृहत् राजनीतिक सहमतिका लागि निरन्तर प्रयास गरेको छु, उनले भने, विस्तृत शान्ति सम्झौतासँग सम्बन्धित कुराहरुलाई सहमतिमै मिलाउनु पर्छ । शान्ति प्रक्रियाका बाँकी काम सक्न सरकार दृढ छ ।
यस्तै प्रधानमन्त्री ‘प्रचण्ड’ ले सरकारी एबम् सार्वजनिक शिक्षा सुधार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सांसद् ईश्वरी न्यौपानेले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारी सिर्जना गर्न शिक्षामा गुणात्मक सुधार गर्ने सरकारको योजना रहेको बताएका हुन् ।
प्रचण्डले भने, नेपाली विद्यार्थी विदेश अध्ययन गर्न जाँदा ६७ अर्ब १९ करोड बाहिरियो । मलसम्बन्धी कार्यलाई उच्च प्राथमिकतमा राखिएको छ ।’ प्रधानमन्त्रीले स्वदेशमै मल उत्पादन गर्ने विषयलाई प्राथमिकता दिएको बताए । प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीले प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार प्रचण्डले आज सांसदसँग जवाफ दिइरहेका छन् । २०७९ मंसिर ४ मा भएको निर्वाचनपछि गठित प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply