नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले अध्ययन गरिरहनु भएको छ : प्रधानमन्त्री

४ जेठ,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने दावी गरेका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताएका हुन् ।
उनले अघिल्लो प्रतिनिधि सभाकै पालामा पारित भएर राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण नभएर होल्ड भएर बसेको र खारेज समेत नभएको अवस्था रहेको भन्दै सोही विधेयकलाई राष्ट्रपतिमार्फत प्रमाणीकरण गराउने विषयमा पनि छलफल भइरहेको बताए ।
उनले भने, दुईवटै सम्भावना म देख्छु । त्यहाँ उपस्थित भएको सुझावको आधारको एउटा बाटो । अर्को बाटो फेरि यही सदनबाट नै, अहिलेको यो नयाँ सदनबाट त्यसको विषयमा एउटा या त संकल्प प्रश्तावमार्फत । या अरु कुनै प्रस्तावमार्फत् राष्ट्रपतिलाई त्यो विधेयकको बारेमा प्रमाणिकरण गर्न अनुरोध गर्ने बाटो एउटा हुनसक्छ । या अर्को क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिसँग अनुरोध गर्ने पनि एउटा बाटो हुनसक्छ । तर अब त्यो विधेयकलाई खारेज गरेर फेरि अर्को विधेयक ल्याउने बारेमा पनि मतहरु छन् । फेरि सदनमा अर्को विधेयक ल्याएर त्यो जिरोमा गयो । त्यसकारण जिरोमा गइसकेको विधेयकलाई, मृत भइसकेको विधेयकलाई जीवित मान्न सकिँदैन भन्ने मत पनि सदनभित्र पनि छ । सदन बाहिर पनि छ । यो विषयमा छलफल चलेको छ । प्रधानमन्त्रीको हैसियतले मेरो के कोशिस छ भने एक महिनाभित्रै यसको टुंगो लाग्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
-
दिल्लीमा देउवाको दौडधुप
-
भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्न टिकट, ग्राउण्ड ह्याण्डलिङदेखि इन्धनसम्म छुट
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
Leave a Reply