आङटावाविरुद्ध प्रहरीमा पाँच जनाको जाहेरी

७ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका आङटावा शेर्पाविरुद्ध पाँच जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६-६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।
यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाँणको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिए लगत्तै उनी फरार भएका थिए । पछि जेठ १मा प्रहरीमा आत्मसमर्पण गरेका शेर्पाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उजुरी उपर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अन्तिम समयमा पाँच वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply