आङटावाविरुद्ध प्रहरीमा पाँच जनाको जाहेरी
७ वैशाख, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका आङटावा शेर्पाविरुद्ध पाँच जनाले प्रहरीमा किटानी जाहेरी दिएका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भनेर शेर्पाले जनही ६-६ लाख रुपैयाँ लिएको पीडितले जाहेरीमा उल्लेख गरेका छन् ।
यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम जोडिएपछि यसअघि नै पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई शेर्पाले प्रहरी हिरासतमा भेटेका थिए । खाँणको कनेक्सनबारे नबताउन शेर्पाले दुलाल र भण्डारीलाई सुझाव दिए लगत्तै उनी फरार भएका थिए । पछि जेठ १मा प्रहरीमा आत्मसमर्पण गरेका शेर्पाविरुद्ध प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुका प्रवक्ता एसपी सिताराम रिजालका अनुसार उजुरी उपर अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर आइतबार नै सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर अन्तिम समयमा पाँच वटा जाहेरी आएको प्रहरी स्रोतको भनाइ छ । शेर्पाविरुद्ध दोलखा, रामेछाप र ओखलढुंगाका व्यक्तिहरुलाई अमेरिका पठाइदिने भन्दै रकम लिएको आरोप छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply