प्रधानमन्त्रीले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिंदै
१२ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आज (शुक्रबार) बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।
आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जवाफ दिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिने’ सम्भावित कार्यसूचीमा उल्लेख छ ।
सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ–आफनो धारणा राख्ने छन् भने प्रधानमन्त्रीले जवाफ दिएपछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रधानमन्त्रीले जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम पारित हुनेछ । त्यसपछि संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत हुनेछ । संविधानको व्यवस्था अनुसार सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply