प्रतिनिधिसभा बैठकमा आज आर्थिक सर्वेक्षण पेस गरिंदै
१४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको आज (आइतबार) को बैठकमा आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । संसद् भवन, बानेश्वरमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०७९–८० को आर्थिक सर्वेक्षण पेस गर्ने उल्लेख छ । सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम शनिबार प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ उक्त नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिएपछि सत्तारुढ पक्षले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । प्रतिपक्षीका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply