सांसद पन्तको चेतावनी : अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छ

२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् । उनले चुरे छोए देशमा आगो लाग्ने बताए ।
अर्थमन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आ’छ । तपाईको भाषणमा पनि आ’छ । बजेटमा पनि आ’छ । तपाईले बजेटमा हाल्नु भएको छ । तर चुरे नछुनु होला, छुनु भयो भने देशमा आगो बल्छ, उनले आज (बिहीबार) को प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै भने । उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए ।
चुरेको ढुङगा माटो बेचेर देशको खर्च टार्न सकिदैन, सांसद पन्तले भने । उनले भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानी माथिको अधिकारबारे महात्मा गान्धीले नेहरुलाई दिएको जवाफ उद्रित भनेका थिए ।
महात्मा गान्धीका लागि नुहाउन गाग्रीमा राखिएको पानी तातिएपछि उनका सहयोगी पोखिदिए । अनि गान्धीले किन फालेको भनेर प्रश्न गरे । त्यसको जवाफमासँगै रहेका नेताहरुले गान्धीलाई चिन्ता नलिनुहोस् तपाई गंगा, यमुना र सरस्वतीको तटमा हुनुहुन्छ भने । यति भनेपछि गान्धीले त्यो नदीको पानीमा मेरो मात्र अधिकार छैन, त्यसमा लाखौं किटपंतिङ्गरको अधिकार छ । हजारौं किसानको अधिकार छ र सबै यसैगरी फाल्दै गए भने त्यो पानी अवस्था के हुन्छ ? भनेर प्रश्न गरको थिए ।
उनले भने, त्यसैले चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनु होला । ‘ढुङ्गा माटो, गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाई आफै विकासन्उम्मूख देश हो । तपाई आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु, सांसद पन्तले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply