सांसद पन्तको चेतावनी : अर्थमन्त्री ज्यू, चुरे नछुनु होला, देशमा आगो बल्छ
२५ जेठ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले सरकारलाई ‘चुरे’ पर्वत नछुन चेतावनी दिएका छन् । उनले चुरे छोए देशमा आगो लाग्ने बताए ।
अर्थमन्त्री ज्यू, नीति तथा कार्यक्रममा पनि आ’छ । तपाईको भाषणमा पनि आ’छ । बजेटमा पनि आ’छ । तपाईले बजेटमा हाल्नु भएको छ । तर चुरे नछुनु होला, छुनु भयो भने देशमा आगो बल्छ, उनले आज (बिहीबार) को प्रतिनिधिसभाको बजेटमाथिको छलफलमा भाग लिदै भने । उनले प्राकृतिक स्रोत संसाधन बेचेर कुनै देश धनी नभएको बताए ।
चुरेको ढुङगा माटो बेचेर देशको खर्च टार्न सकिदैन, सांसद पन्तले भने । उनले भारतका नदी गंगा, यमुना र सरस्वती नदीको पानी माथिको अधिकारबारे महात्मा गान्धीले नेहरुलाई दिएको जवाफ उद्रित भनेका थिए ।
महात्मा गान्धीका लागि नुहाउन गाग्रीमा राखिएको पानी तातिएपछि उनका सहयोगी पोखिदिए । अनि गान्धीले किन फालेको भनेर प्रश्न गरे । त्यसको जवाफमासँगै रहेका नेताहरुले गान्धीलाई चिन्ता नलिनुहोस् तपाई गंगा, यमुना र सरस्वतीको तटमा हुनुहुन्छ भने । यति भनेपछि गान्धीले त्यो नदीको पानीमा मेरो मात्र अधिकार छैन, त्यसमा लाखौं किटपंतिङ्गरको अधिकार छ । हजारौं किसानको अधिकार छ र सबै यसैगरी फाल्दै गए भने त्यो पानी अवस्था के हुन्छ ? भनेर प्रश्न गरको थिए ।
उनले भने, त्यसैले चुरे बेच्नु भन्दा पहिले यो कुरा सम्झिनु होला । ‘ढुङ्गा माटो, गिट्टी बेच्दा ख्याल गर्नुहोला, तपाई आफै विकासन्उम्मूख देश हो । तपाई आफैलाई चाहिन्छ विकास गर्नका लागि यी साधन र स्रोतहरु, सांसद पन्तले भने ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply