‘अखण्ड भारत’ को नक्साबारे नेपाल-बंगलादेशले बुझिसके, विवाद गर्दैनन् : भारतीय विदेशमन्त्री

२५ जेठ, काठमाडौं । भारतले ‘अखण्ड भारत’ को नक्साबारे नेपालले कुरा बुझिसकेको दाबी गरेको छ । आज (
बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको बताउँदै अब विवाद नगर्ने दावी गरेका हुन् ।
उनले ‘अखण्ड भारत’ को नक्सा राजीनितक विषय नभएको बताएका छन् । भारतको नयाँ संसदमा राखिएको नयाँ नक्सा राजनीतिक विषय होइन । छिमेकी देश (नेपाल र बंगलादेश) ले यो कुरा बुझिसके । पत्रकारले उनलाई नेपाल, बंगलादेश र पाकिस्तानले नक्साबारे जनाएको असन्तुष्टिलाई लिएर प्रश्न गरेकी थिइन् ।
प्रश्न सोध्ने क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा भारतले आफूलाई सांस्कृतिक नक्सा भएको बताएको प्रसङ्गमा उल्लेख गरेकी थिइन् । जवाफमा विदेशमन्त्री जयशंकरले पाकिस्तानको विषय अलग रहेको तर अरू छिमकीले बुझिसकेको जवाफ दिएका हुन् । यद्यपि उनले नेपाल र बंगलादेशको नाम उल्लेख गरेनन् । ‘पाकिस्तानको विषय अर्कै हो । पाकिस्तानसँग हाम्रो देशको नीति अर्कै छ, उनले भने ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply