‘अखण्ड भारत’ को नक्साबारे नेपाल-बंगलादेशले बुझिसके, विवाद गर्दैनन् : भारतीय विदेशमन्त्री
२५ जेठ, काठमाडौं । भारतले ‘अखण्ड भारत’ को नक्साबारे नेपालले कुरा बुझिसकेको दाबी गरेको छ । आज (
बिहीबार) भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ संसद भवनमा राखिएको नयाँ नक्साबारे नेपालसहित बंगलादेशले पनि बुझिसकेको बताउँदै अब विवाद नगर्ने दावी गरेका हुन् ।
उनले ‘अखण्ड भारत’ को नक्सा राजीनितक विषय नभएको बताएका छन् । भारतको नयाँ संसदमा राखिएको नयाँ नक्सा राजनीतिक विषय होइन । छिमेकी देश (नेपाल र बंगलादेश) ले यो कुरा बुझिसके । पत्रकारले उनलाई नेपाल, बंगलादेश र पाकिस्तानले नक्साबारे जनाएको असन्तुष्टिलाई लिएर प्रश्न गरेकी थिइन् ।
प्रश्न सोध्ने क्रममा पत्रकारले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा भारतले आफूलाई सांस्कृतिक नक्सा भएको बताएको प्रसङ्गमा उल्लेख गरेकी थिइन् । जवाफमा विदेशमन्त्री जयशंकरले पाकिस्तानको विषय अलग रहेको तर अरू छिमकीले बुझिसकेको जवाफ दिएका हुन् । यद्यपि उनले नेपाल र बंगलादेशको नाम उल्लेख गरेनन् । ‘पाकिस्तानको विषय अर्कै हो । पाकिस्तानसँग हाम्रो देशको नीति अर्कै छ, उनले भने ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply