काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
९ असार, काठमाडौं । मनसुन (वर्षा गराउने मौसमी प्रणाली) देशभर फैलिएसँगै मौसम बदली र वर्षा हुने क्रम बढेको छ।
यही जुन १४ तारिख कोशी, मधेशको पूर्वी भाग, बागमतीको अधिकांश स्थान र गण्डकी प्रदेशमा प्रवेश गरेको मनसुन ९ दिनपछि शुक्रबार देशभर फैलिएको हो। त्यसो त हाल देशमा मनसुनी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण अहिले बिहान पनि काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा पानी परिरहेको मौसमविद्ले बताएका छन्।
मौसम महाशाखाका मौमसविद् समीर श्रेष्ठले भने, ‘राति सबै प्रदेशमा पानी परेको छ, तत्काल भने मधेश प्रदेशका धेरै ठाउँमा, कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ।’
उनका अनुसार अबका ३ दिन अर्थात् सोमबारसम्म मौसम खुल्ने सम्भावना छैन। मौसम बदली र वर्षा जारी रहने देखिएको छ।
‘लगातार वर्षा नभए पनि मौसम बदली भइराख्ने वर्षा हुने एकछिन रोकिने फेरि पानी पर्ने हुन्छ’, उनले भने।
यसैबीच मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ- देशभर सामान्य बदली रही मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती, मधेश,गण्डकी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा साथै कोशी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। भारी वर्षा र मेघगर्जन/चट्याङका कारणले हुनसक्ने बाढी, पहिरो, डुबान, भूक्षय तथा गेग्रान बहावका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ। सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्र प्रभावित हुनसक्ने देखिन्छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply