आज विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की

१४ असार,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (बिहीबार) विश्वासको मत लिँदैछन्।
माओवादीले सरकार छाडेपछि सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठक बस्दैछ।
१३ सदस्यीय माओवादीले सरकार छाडेपछि कार्की अप्ठ्यारोमा परेका छन्। उनीसँग नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६ गरी ४६ मत छ।
तर कोशी प्रदेश सभामा सरकार बनाउन र विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ। अझै १ सांसद उनको पक्षमा नदेखिएकाले उनले विश्वासको मत पाउने सम्भावना बन्न सकेको छैन।
प्रदेशसभामा नेकपा नेपाली कांग्रेसको २९, नेकपा माओवादीका (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद छन्।
नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग बुधबार कुरा गर्दै मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिने बताएका थिए।आफूले विश्वासको मत नपाउने भन्ने संभावना नै नभएको उनको भनाइ थियो।अहिलेसम्म एमाले र राप्रपाले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र बिहीबारसम्म अन्य दलमध्येको कोही विश्वासको मत दिन तयार हुने दावी उनले गरेका थिए।
यद्यपि, अहिलेसम्म अन्य दलको कसैले विश्वासको मत दिने निर्णय गरेको छैन। गठबन्धनका नेताहरू एकढिक्का देखिएका छन्।
उनले विश्वासको मत नपाए वा अगाडि नै राजीनामा दिए कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply