आज विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की
१४ असार,काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की आज (बिहीबार) विश्वासको मत लिँदैछन्।
माओवादीले सरकार छाडेपछि सरकार अल्पमतमा परेको छ। मुख्यमन्त्री कार्कीले बिहीबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्नेछन्। प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीका अनुसार बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठक बस्दैछ।
१३ सदस्यीय माओवादीले सरकार छाडेपछि कार्की अप्ठ्यारोमा परेका छन्। उनीसँग नेकपा एमालेको ४० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ६ गरी ४६ मत छ।
तर कोशी प्रदेश सभामा सरकार बनाउन र विश्वासको मत प्राप्त गर्न ४७ जना सांसद आवश्यक पर्छ। अझै १ सांसद उनको पक्षमा नदेखिएकाले उनले विश्वासको मत पाउने सम्भावना बन्न सकेको छैन।
प्रदेशसभामा नेकपा नेपाली कांग्रेसको २९, नेकपा माओवादीका (सभामुखसहित), नेकपा एकीकृत समाजवादीको ४ र जसपाका १ सांसद छन्।
नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी हुने क्रममा पत्रकारसँग बुधबार कुरा गर्दै मुख्यमन्त्री कार्कीले बिहीबारको प्रदेश सभाको बैठकमा आफूले विश्वासको मत लिने बताएका थिए।आफूले विश्वासको मत नपाउने भन्ने संभावना नै नभएको उनको भनाइ थियो।अहिलेसम्म एमाले र राप्रपाले विश्वासको मत पक्षमा हाल्ने निर्णय गरेको र बिहीबारसम्म अन्य दलमध्येको कोही विश्वासको मत दिन तयार हुने दावी उनले गरेका थिए।
यद्यपि, अहिलेसम्म अन्य दलको कसैले विश्वासको मत दिने निर्णय गरेको छैन। गठबन्धनका नेताहरू एकढिक्का देखिएका छन्।
उनले विश्वासको मत नपाए वा अगाडि नै राजीनामा दिए कसको नेतृत्वमा सरकार बन्ने भन्ने टुंगो लागिसकेको छैन।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply