२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, टिपर र ट्यांकर व्यवसायी आन्दोलित

१४ असार, काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, टेम्पो, निलो माइक्रो, ट्रक र ट्याङ्कर चालकहरू आन्दोलनमा उत्रिएका छन् । सो निर्णय खारेज हुनुपर्ने माग गर्दै उनीहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको आयोजनामा चालकहरूले सीतापाइला चोकदेखि र्याली निकालेका छन् । टिपर, ट्याङ्कर, साना ढुवानी गाडी,ट्याक्सी र टेम्पो सडकमा लिएर नाराबाजी गरिरहेका छन् ।
उनीहरूले स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागू गर, रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर, ट्राफिक ज्यादती बन्द गर, ट्याक्सी स्ट्याण्डको अनिवार्य व्यवस्था गर र २० वर्षे अवधि खारेज गर्नुपर्ने लगायत माग गरेका छन् । सरकारले यसअघि प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply