२० वर्ष पुराना गाडी हटाउने निर्णयविरुद्ध ट्याक्सी, टिपर र ट्यांकर व्यवसायी आन्दोलित
१४ असार, काठमाडौं । २० वर्ष पुराना गाडी हटाउने सरकारको निर्णयविरुद्ध ट्याक्सी, टेम्पो, निलो माइक्रो, ट्रक र ट्याङ्कर चालकहरू आन्दोलनमा उत्रिएका छन् । सो निर्णय खारेज हुनुपर्ने माग गर्दै उनीहरू आज काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन् ।
राष्ट्रवादी ट्याक्सी तथा चालक व्यवसायी संघको आयोजनामा चालकहरूले सीतापाइला चोकदेखि र्याली निकालेका छन् । टिपर, ट्याङ्कर, साना ढुवानी गाडी,ट्याक्सी र टेम्पो सडकमा लिएर नाराबाजी गरिरहेका छन् ।
उनीहरूले स्वदेशमै काम गरेर खान पाउने व्यवस्था लागू गर, रातो प्लेटले यात्रु बोक्ने नीति खारेज गर, ट्राफिक ज्यादती बन्द गर, ट्याक्सी स्ट्याण्डको अनिवार्य व्यवस्था गर र २० वर्षे अवधि खारेज गर्नुपर्ने लगायत माग गरेका छन् । सरकारले यसअघि प्रदूषण नियन्त्रण र बढ्दो सवारी चापलाई न्यूनीकरण गर्न पुराना गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply