मोर्चाहरूको हारले युद्धको हार हुँदैन, एमाले पराजित छैन : ओली

१४ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुको जिम्मेवारी र काम समाजलाई व्यवस्थित ढंगले अघि बढाउने भएको बताएका छन् ।
आज (बिहीबार) एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई अघि बढाउने क्रममा विभिन्न विचारहरु बोकेर अघि बढ्ने गरेपनि पछिल्लो समय कतिपय दलहरु विचार विनै राजनीतिमा आइरहेकोमा असन्तुष्टि जनाए ।
जनताको बहुदलीय जनवाद (जवज) को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । अहिले एउटा लहर चलेको छ । विचार सिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?, उनले भने, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ पूर्वज र आमाबाबुको योगदानको चर्चा गर्ने ? भन्ने खालका विचारहरु पनि आज सुनिन्छ ।
जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ । उनले विना इतिहास समाज यहाँ नआइपुगेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज पनि समाज अनेक रस्साकसीबाट अघि बढिरहेको बताए । अध्यक्ष ओलीले मोर्चाहरूको हारले युद्धको हार नहुने टिप्पणी गरेका छन् ।
मोर्चाहरुको हारले युद्धको हार हुँदैन । एउटा मोर्चामा हारियो भन्दैमा एक समयमा अलिकति ब्याक भयो भन्दैमा सत्य पराजित भएको हुँदैन, ओलीले भने । आफ्नो पार्टी नेकपा एमाले अझैपनि पराजित नभएको उनले दाबी गरे । ‘हामी पराजित भएका छैनौं, सत्यमा अडिएर समायनुकूल परिवर्तन गरेर अघि बढ्नु पर्छ भनेर एकजना नेतृत्व निस्किनु भयो, जसलाई हामी मदन भण्डारी भन्छौं,’ ओलीले भने, ‘जसको आज ७२ औं जन्मजयन्ती । उहाँको अगुवाइमा जुन जनताको बहुदलीय जनवाद आयो त्यसको आधार आयामहरु त्यसका विशेषहरुको बारेमा छलफल गर्न हामी चाहिरहेका छौं ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply