मोर्चाहरूको हारले युद्धको हार हुँदैन, एमाले पराजित छैन : ओली
१४ असार, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक पार्टीहरुको जिम्मेवारी र काम समाजलाई व्यवस्थित ढंगले अघि बढाउने भएको बताएका छन् ।
आज (बिहीबार) एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७२ औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले राजनीतिक पार्टीहरु समाजलाई अघि बढाउने क्रममा विभिन्न विचारहरु बोकेर अघि बढ्ने गरेपनि पछिल्लो समय कतिपय दलहरु विचार विनै राजनीतिमा आइरहेकोमा असन्तुष्टि जनाए ।
जनताको बहुदलीय जनवाद (जवज) को आयाम र विशेषताबारे चर्चा गर्दै ओलीले जवज नेपाली समाजलाई अघि बढाउने उत्कृष्ट सिद्धान्त भएको दाबी पनि गरे । अहिले एउटा लहर चलेको छ । विचार सिचार नचाहिने, तर विचार लिएर हामी आयौ भन्ने । योगदान सम्झनु जरुरी छैन, बिर्सिए हुन्छ योगदान । योगदानको के मतलब छ ?, उनले भने, कसलाई फुर्सद छ योगदानका कुरा गर्ने ? कसलाई फुर्सद छ पूर्वज र आमाबाबुको योगदानको चर्चा गर्ने ? भन्ने खालका विचारहरु पनि आज सुनिन्छ ।
जवजले स्पष्ट लक्ष्य र गन्तव्य लिएकै कारण हालको संविधानमा समाजवाद लेखिएको ओलीको भनाइ छ । उनले विना इतिहास समाज यहाँ नआइपुगेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आज पनि समाज अनेक रस्साकसीबाट अघि बढिरहेको बताए । अध्यक्ष ओलीले मोर्चाहरूको हारले युद्धको हार नहुने टिप्पणी गरेका छन् ।
मोर्चाहरुको हारले युद्धको हार हुँदैन । एउटा मोर्चामा हारियो भन्दैमा एक समयमा अलिकति ब्याक भयो भन्दैमा सत्य पराजित भएको हुँदैन, ओलीले भने । आफ्नो पार्टी नेकपा एमाले अझैपनि पराजित नभएको उनले दाबी गरे । ‘हामी पराजित भएका छैनौं, सत्यमा अडिएर समायनुकूल परिवर्तन गरेर अघि बढ्नु पर्छ भनेर एकजना नेतृत्व निस्किनु भयो, जसलाई हामी मदन भण्डारी भन्छौं,’ ओलीले भने, ‘जसको आज ७२ औं जन्मजयन्ती । उहाँको अगुवाइमा जुन जनताको बहुदलीय जनवाद आयो त्यसको आधार आयामहरु त्यसका विशेषहरुको बारेमा छलफल गर्न हामी चाहिरहेका छौं ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply