ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली
![ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली](https://ebudhabar.com/wp-content/uploads/2023/07/lalita-niwas-baluwatar-nagar-prahari_OAtC6vzoHV-1024x610.jpg)
१७ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिताको निवास सरकारी जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो । ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका छन् ।
ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो । त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply