ललिता निवासको सरकारी जग्गामा तारबार लगाउन पुग्यो काठमाडौँ महानगरको टोली
१७ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिताको निवास सरकारी जग्गा तारबार गर्ने भएको छ । आइतबार महानगर प्रहरीको एक टोली बालुवाटारस्थित ललिता निवास पुगेको हो ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् । अहिले ललिता निवासको जग्गा यकीन गर्ने र पछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास प्रकरणमा संलग्नलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । त्यहिबीच महानगरले उक्त क्षेत्रमा तारबार लगाउन लागेको हो । ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व रहेकोले तारबार गर्न लागिएको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताएका छन् ।
ललिता निवासअन्तर्गत खाली रहेको सार्वजनिक जग्गा संरक्षण गर्न घेराबार गर्न हाम्रो टोली जाँदैछ’, उनले भने, ‘सार्वजनिक जग्गा संरक्षण गर्नु महानगरको दायित्व हो । त्यहीअनुसार उक्त क्षेत्रमा तारबार गर्दैछौँ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply