२७ असार २०८०, बुधबार १४:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
बालुवाटार जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुग्यो
२७ असार, काठमाडौं । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ।
बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो।
पौडेलले त्यतिबेला गैरकानुनी काम गरेर परिवारको नाममा बालुवाटारको जग्गा समेत लिएको पाइएको सीआईबीका एसएसपी दिनेशकुमार आचार्यले जानकारी दिए।
पौडेललाई काठमाडौंको गोकर्णबाट सीआईबीले पक्राउ गरेको हो। यसअघि मंगलबार भूमि व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूद्रबहादुर श्रेष्ठ, भौतिक मन्त्रालयका इन्जिनियर बालकृष्ण श्रेष्ठ र मालपोतका कर्मचारीसहित चार जना पक्राउ परेका थिए।
ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा प्रहरीले किर्ते र संगठितको कसुरमा अनुसन्धान गरिरहेको छ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply