ललित निवास जग्गा प्रकरणको सुनुवाइ आज पनि
३ असार, काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका चारजनाले रिहाइ माग गर्दै सर्वाेच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनको सुनुवाइ आज (बुधबार) पनि जारी रहने भएको छ।
सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबारदेखि जारी सुनुवाइ मंगलबार पनि नसकिएपछि यसले आज पनि निरन्तरता पाउने भएको हो। रिट निवेदकका तर्फबाट बहस गर्ने वकिल धेरै भएका कारण सुनुवाइ लम्बिएको हो।
बालुवाटार (ललिता निवास) को सरकारी जग्गा हिनामिना अभियोगमा गत असार १२ गते पक्राउ परेका मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतमले असार १३ गते तथा सचिव कृष्णबहादुर राउतले पक्राउ परेको ३ दिनपछि असार २७ गते रिहाइको माग गर्दै सर्वाेच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन्। सोही निवेदनको सुनुवाइ भइरहेको हो।
उनीहरूले रिहाइको माग गरिरहँदा प्रहरी प्रधान कार्यालयले भने पहिल्यै सर्वोच्चले दिएको अन्तरिम आदेश खारेज गर्न माग गरेको छ।
सर्वोच्चले प्रतिवादीमध्ये १७ जनालाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेपछि प्रहरी प्रधान कार्यालयले त्यो खारेजको माग गरेको हो।
आफूलाई पक्राउ नगर्न माग गरेका टीकाराम घिमिरेसहितका निवेदन पनि साथै राखिएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटार जग्गा प्रकरणमा उनीहरुसहितलाई पक्राउ गरेर किर्ते र संगठित अपराधको कसुरमा अनुसन्धान गरिरहेको छ।
सर्वोच्चले रिहा गर्न आदेश नदिए सीआईबीले उनीहरुलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न पाउने छ। सीआईबीले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। यसअघि बालुवाटार जग्गा प्रकरणमै अख्तियारले पनि मुद्दा चलाएको थियो।
तर अख्तियारले सीआईबीले भन्दा कम जनालाई प्रतिवादी बनाएको थियो। अहिले पनि यो मुद्दा विशेष अदालतमा विचाराधीन छ।
अख्तियारको मुद्दामा मीनबहादुरसहितका अभियुक्त धरौटीमा रिहा भएका हुन्। तर, सचिव राउत लगायतविरुद्ध भने अख्तियारले मुद्दा चलाएको थिएन।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply