१० श्रावण २०८०, बुधबार १०:०३
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सीतापाइलामा १३ बर्षीया बालिका बसभित्रै बलात्कृत
१० साउन, काठमाडौं । काठमाडौंको सीतापाइलामा एक १३ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पुरूष पक्राउ परेका छन् ।
मंगलबार दिउँसो प्रहरीले बलात्कार आरोपमा नागार्जुन नगरपालिका–२ पाँचधारा घर भई वडा नम्बर ६ फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जनलाई पक्राउ गरेको हो । उनले १३ वर्षीया नाबालिगलाई नागार्जुन–४ सीतापाइलास्थित पार्किङमा राखेको बसमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बसको नम्बर खुलेको छैन ।
प्रहरीका अनुसार घटना गत असार ३० गते भएको थियो । बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी वृत्त स्वयम्भूको टोलीले महर्जनलाई पक्राउ गरेको हो । प्रहरीले उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply