सर्लाहीमा मोहरम पर्व मनाउने क्रममा झडप, ६ प्रहरीसहित १० जना घाइते
१४ साउन, सर्लाही । सर्लाहीको गोडैतामा शनिबार साँझ दुई समूहबीच झडप हुँदा प्रहरीसहित १० जना घाइते भएका छन् । झडपमा ६ प्रहरी र ४ स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए । गोडैता बजारमा स्थानीय मुस्लिम समुदायले ताजिया मोहरम पर्व मनाउने क्रममा दुई समूहबीच उत्पन्न विवादले झडपको रुप लिएको प्रहरीले जनाएको छ ।
डीएसपी पञ्जियारका अनुसार मुस्लिम समुदायले दाहा घुमाउन लैजाने क्रममा हिन्दु समुदायका केही स्थानीयले आफ्नो गाउँको बाटोबाट लैजान अवरोध गरेपछि झडपको स्थिति सिर्जना भएको हो । दुई समूहबीचको झडप रोक्ने क्रममा प्रहरीले २६ सेल अश्रु ग्यास प्रहार र १६ राउन्ड हवाइ फायर गरेको छ । ढुंगा प्रहारबाट ६ प्रहरी र चार स्थानीय घाइते भएका डीएसपी पञ्जियारले बताए ।
ढुंगा लागेर गम्भीर घाइते भएका स्थानीय राजेश पटेलको हाल प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । झपडमा घाइते भएका ६ प्रहरी र तीन स्थानीय उपचारपछि डिस्चार्ज भइसकेका छन् । झडपका क्रममा दुवै पक्षले इँटा, ढुंगा र सिसाका बोतल प्रहार गरेका थिए ।
झडप नियन्त्रणमा लिन शनिबार साँझ ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । थप झडप हुन नदिन गोडैता बजारमा अहिले पनि प्रहरी परिचालन गरिएको डीएसपी पञ्जियारले बताए । अहिलेसम्म घटनामा संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गरेको छैन । दुई समुदायबीच थप मनमुटाव र झडप हुन नदिन दुवै पक्षलाई राखेर छलफल गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply