नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा जान तयार, बिहीबार सपथ
१६ साउन, काठमाडौं । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी अन्तत: सुदूरपश्चिम सरकारमा जान तयार भएको छ।
संघीय सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार बिहान बालुवाटारमा भएको बैठकपछि नाउपा सुदूरपश्चिचम सरकारमा जान तयार भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नाउपा संरक्षक रेशम चौधरीसहितको बैठकबाट यस्तो सहमति जुटेको हो।
नाउपाकी अध्यक्ष एवम् संघीय सरकारकी भूमिव्यवस्था मन्त्री रञ्जिता श्रेष्ठले बालुवाटार बैठकमा सहमति भएको बताउँदै आगामी बिहीबार मन्त्रिपरिषद् विस्तार हुने जानकारी दिइन्।
उनका अनुसार सुदूरपश्चिम सरकारमा नाउपाले १ मन्त्री र १ राज्यमन्त्री पाउने भएको छ। चौधरीका अनुसार गठबन्धन दलहरु नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संसदीय समितिका २ जना सभापति पनि दिन तयार भएका छन्।
यसअघि साउन ८ गते नै नाउपा प्रदेश सरकारमा सहभागी हुन तयार थियो। तर एउटा मात्रै मन्त्रालय दिने भनेपछि अन्तिम समयमा सरकारमा जाने निर्णयबाट पछि हट्यो।
त्यसबेला रिक्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा नागरिक उन्मुक्तिबाट मन्त्री नियुक्ति गर्ने तयारी मुख्यमन्त्री कमलबहादुर शाहले गरेका थिए।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम मुख्यमन्त्री शाहलाई पठाउने निर्णय नाउपाले गरेको थियो।
गत जेठमा सरकार विस्तारका क्रममा उन्मुक्तिको भागमा कृषि मन्त्रालय परेको थियो। तर असन्तुष्टि जनाउँदै उन्मुक्ति सरकारमा सामेल भएको थिएन। सत्तारुढ गठबन्धनभित्र उन्मुक्तिले दुई पूर्ण र एक राज्यमन्त्री पाउनुपर्ने अडान राखेको थियो।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply