‘लम्पी स्किन’ बाट प्रभावित किसानलाई क्षतिपूर्ति माग गर्दै एमालेको प्रदर्शन
१७ साउन, काठमाडौं । देशभरका पशुमा फैलिएको लम्पी स्किन रोगलाई महामारी घोषणा गरी रोकथामका लागि उचित उपचारको व्यवस्था र किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गर्दै नेकपा एमाले काठमाडौं महानगर कमिटीले काठमाडौंमा प्रदर्शन गरेको छ ।
लम्पी स्किन रोगका कारण हजारौँ पशुको मृत्यु भएको र लाखौं पशुहरू प्रभावित हुँदा पनि रोकथामको कुनै उपाय नअपनाएको भन्दै एमाले महानगर कमिटीले बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो ।
महानगर कमिटीले किसानलाई तत्काल बीमा उपलव्ध गराउनुपर्ने, क्षतिपूर्ति, राहत र सहुलियत कर्जा उपलव्ध गराउनुपर्ने माग गरेको छ । त्यस्तै छिटो भन्दा छिटो किसानका गोठगोठमा उपचार सेवा उपलव्ध गराउनुपर्ने अखिल नेपाल किसान महासंघका अध्यक्ष प्रेम दंगालले माग गरे ।
उनले मुलुकभरका १० लाख पशु प्रभावित भएको अवस्थामा लम्पी स्किनलाई नियन्त्रणमा लिन सरकारले कुनै पहल नगरेको बताए ।प्रदर्शनमा सहभागीहरूले लम्पी स्किन रोग महामारी घोषणा गर, पीडित किसानलाई क्षतिपूर्ति दे, भ्रष्टाचार नियन्त्रण गर, भूमिहिन समस्या समाधान गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply