माओवादी नेताहरुको विभाग फेरबदल
२१ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुको जिम्मेवारी फेरबदल गरेका हुन् । पार्टी पदाधिकारी बैठकमा गरिएको उक्त प्रस्तावलाई जारी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिँदै छ ।
नयाँ जिम्मेवारी अनुसार उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । बागमती प्रदेश इञ्चार्जमा उपमहासचिव जनार्दन शर्मा आएका छन् । सचिव देवेन्द्र पौडेल मधेश प्रदेशको इन्चार्ज भएका छन् । सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनालले जिम्मेवारी पाएका छन् ।
माओवादीले यसअघि कोशी प्रदेशमा राम कार्की ‘पार्थ’, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply