माओवादी नेताहरुको विभाग फेरबदल
२१ साउन, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पदाधिकारीहरुको जिम्मेवारी फेरबदल गरेको छ । आज (आइतबार) बिहान बसेको पदाधिकारी बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेताहरुको जिम्मेवारी फेरबदल गरेका हुन् । पार्टी पदाधिकारी बैठकमा गरिएको उक्त प्रस्तावलाई जारी केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिँदै छ ।
नयाँ जिम्मेवारी अनुसार उपमहासचिव वर्षमान पुनलाई विशेष प्रदेशको जिम्मा दिइएको छ । बागमती प्रदेश इञ्चार्जमा उपमहासचिव जनार्दन शर्मा आएका छन् । सचिव देवेन्द्र पौडेल मधेश प्रदेशको इन्चार्ज भएका छन् । सुदूरपश्चिममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लीलामणि पोखरेल र कर्णाली प्रदेशमा चन्द्रप्रकाश खनालले जिम्मेवारी पाएका छन् ।
माओवादीले यसअघि कोशी प्रदेशमा राम कार्की ‘पार्थ’, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्ज तोकेको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply