कांग्रेस सांसद शर्मा पक्राउबारे सिआइवीले पठायो सभामुखलाई पत्र
२५ साउन, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।
संविधानको धारा १०३ (६) अनुसार कुनै सांसदलाई पक्राउ गरे लगत्तै त्यसको सूचना सम्बन्धित सदनको प्रमुखलाई दिनुपर्ने व्यवस्थाअनुसार सिआइवीका प्रमुख किरण बज्राचार्यले शर्मालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएका हुन् । शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बज्राचार्यले सभामुख घिमिरेलाई प्रेषित पत्रमा उल्लेख छ ।
सिआइवीले पत्रमा भनेको छ, ‘निज सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply