कांग्रेस सांसद शर्मा पक्राउबारे सिआइवीले पठायो सभामुखलाई पत्र
२५ साउन, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ ।
संविधानको धारा १०३ (६) अनुसार कुनै सांसदलाई पक्राउ गरे लगत्तै त्यसको सूचना सम्बन्धित सदनको प्रमुखलाई दिनुपर्ने व्यवस्थाअनुसार सिआइवीका प्रमुख किरण बज्राचार्यले शर्मालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिएका हुन् । शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बज्राचार्यले सभामुख घिमिरेलाई प्रेषित पत्रमा उल्लेख छ ।
सिआइवीले पत्रमा भनेको छ, ‘निज सुनिलकुमार शर्मा जिल्ला मोरङ, क्षेत्र नं ३ का नेपाली कांग्रेसका तर्फबाट २०७९ सालको प्रत्यक्षतर्फ प्रतिनिधि सभामा निर्वाचित सांसद रहेकाले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधि सभाको सदस्य निज सुनिलकुमार शर्मा पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुख समक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ।’
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply