आज मन्त्रिपरिषद हेरफेर गरिंदै , जनमतकी अनितादेवीलाई सरकारमा ल्याइँदै
२८ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । माओवादी केन्द्रका एक जना मन्त्री हटाएर सीके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन् ।
२५ सदस्यीय मन्त्रिपरिषदमा जनमत सहभागी हुन एक जना मन्त्री हट्नै पर्नै हुन्छ । प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी अगाडि बढाएका छन् । ‘आज मन्त्रिपरिषद् हेरफेरको तयारी छ । प्रधानमन्त्रीले जनमत पार्टीलाई सरकारमा ल्याउँदै हुनुहुन्छ,’ प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले भने, ‘माओवादीका को मन्त्री हट्छन् अध्यक्ष ज्यूले भनिसक्नु भएको छैन । उहाँको मनमै छ ।
जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ । जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो । तर, मन्त्रालय भागबण्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply