गालेर जोख्दा ६० केजी ७१६ ग्राम भयो राजस्वले बरामद गरेको सुन
३० साउन, काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।
मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो।
मंगलबार बिहान साढे १० बजेबाट सुन गालिएको थियो। छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो। त्यहीअनुसार सुन केही ग्राम घटेको हो। अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए।
राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० केजी सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच गराएको हो।
उक्त सुन ब्रेक सुबाट निकालेर छुट्याउँदै तौल गरिँदा सोमबार सुन मात्रैको तैल ६० केजी ७८९ ग्राम भएको थियो।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply