गालेर जोख्दा ६० केजी ७१६ ग्राम भयो राजस्वले बरामद गरेको सुन
३० साउन, काठमाडौं । गत साउन ३ गते त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।
मोटरसाइकलको ‘ब्रेक सु’ बाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो।
मंगलबार बिहान साढे १० बजेबाट सुन गालिएको थियो। छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोखिएको टक्सर महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो। त्यहीअनुसार सुन केही ग्राम घटेको हो। अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए।
राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० केजी सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच गराएको हो।
उक्त सुन ब्रेक सुबाट निकालेर छुट्याउँदै तौल गरिँदा सोमबार सुन मात्रैको तैल ६० केजी ७८९ ग्राम भएको थियो।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply