बालबालिका भारततर्फ तस्करी गर्ने एक भारतीय पक्राउ

४ भदौ,काठमाडौं । बोरामा हालेर एक बालक र एक बालिकालाई भारततर्फ तस्करी गर्न लागेका एक जना पक्राउ परेका छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत ४ आदापुरका २२ वर्षीय तबरेज आलम छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।
आलमले देवताल गाउँपालिका ३ का शिव पूजन महतोको ९ महिनाकै छोरी र सोही ठाउँका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई बोरामा बाँधेर भारततर्फ लग्दै थिए । सकुशल उद्धार पश्चात दुवै बच्चाको जिम्मा परिवारलाई लगाएको छ ।
बच्चा तस्करी गर्न लागेका आलमलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरी देवापुरलाई बुझाएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply