बालबालिका भारततर्फ तस्करी गर्ने एक भारतीय पक्राउ
४ भदौ,काठमाडौं । बोरामा हालेर एक बालक र एक बालिकालाई भारततर्फ तस्करी गर्न लागेका एक जना पक्राउ परेका छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत ४ आदापुरका २२ वर्षीय तबरेज आलम छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ ।
आलमले देवताल गाउँपालिका ३ का शिव पूजन महतोको ९ महिनाकै छोरी र सोही ठाउँका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई बोरामा बाँधेर भारततर्फ लग्दै थिए । सकुशल उद्धार पश्चात दुवै बच्चाको जिम्मा परिवारलाई लगाएको छ ।
बच्चा तस्करी गर्न लागेका आलमलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरी देवापुरलाई बुझाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply