वैठक छाडेर काठमाडौं उडिन् कोशीकी उपसभामुख, संकटमा सरकार
४ भदाै,मोरङ । विश्वासको मत लिनुअघि आज (सोमबार) बिहान बस्नुपर्ने कोशी प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिको बैठक नै अनिश्चित भएको छ । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन आज का लागि आह्वान गरिएको प्रदेशसभाको बैठक छलेर कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौँ उडेकी छन् । उपसभामुख सिर्जना दनुवार आजै संघीय राजधानी काठमाडौं लागेपछि बैठक बस्ने÷नबस्ने अनिश्चित भएको छ ।
मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिन सूचना दर्ता गराएपछि उपसभामुख दनुवारले सोमबारलाई बैठक बोलाएकी थिइन् । तर, उपसभामुख दनुवार आफ्नो निजी सुरक्षाकर्मीसहित काठमाडौं उडेको विराटनगर विमानस्थल स्रोतले दिएको जानकारी दियो । उनी बिहान ७ बजे यति एयरलाइन्सको फ्लाइटबाट काठमाडौं उडेकी हुन् ।
उनले प्रदेशसभा सचिवालयलाई आफू आज बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएकी छन् । प्रदेशसभाको बैठक १ बजे डाकिएको छ । नेपाली कांग्रेस कोशीका प्रमुख सचेतक भुपेन्द्र राईले कार्यव्यवस्था बैठक बस्ने भनिएकाले आफू प्रदेससभा सचिवालयतर्फ जान लागेको बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply