जब ठूलालाई समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ : योगेश भट्टराई

६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरे जस्तो एमाले संसद् विरोधी नभएको बताएका छन् ।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने दाबी गरे । ‘यो १० वटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीन वटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनु भएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा (एमाले) लाई चाहिन्छ,” उनले भने ।
अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे । साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे ।
‘उच्च पदस्थ संलग्न छन् भने कारबाहीको दायरमा आउनु पर्छ भन्यौं । सीआईबी र हाम्रो पार्टीबीच अविश्वास गर्ने कुरा भयो । त्यसमा खेद छ । हामी राज्यको प्रत्येक निकायमा विश्वास गर्छौं । जब ठूला समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ त्यसैले समितिको माग गरेका हौं । अदालतप्रति अगाध विश्वास छ अख्तियारप्रति पनि । राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न दिइएको छैन । हामी स्वतन्त्र छानबिनको पक्षमा छौँ’, उनले भने । एमालेको माग बमोजिम समिति बनाएकोमा उनले सरकारसहित सबै दललाई धन्यवाद दिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply