जब ठूलालाई समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ : योगेश भट्टराई
६ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद योगेश भट्टराईले बाहिर हल्ला गरे जस्तो एमाले संसद् विरोधी नभएको बताएका छन् ।
आज (बुधबार) को प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षलाई सदन नचाहिए पनि एमालेलाई सधै संसद् चाहिने दाबी गरे । ‘यो १० वटामध्ये पाँच बैठक सत्ताको अनुरोधमा सूचना टाँसेर बैठक स्थगन, तीन वटा बैठक हल्ला गरेर चलेको । दुईवटा बैठकमा गृहमन्त्रीले जवाफ दिनु भएको थियो । बाहिर विभिन्न ढंगले हल्ला चलायो एमालेले संसद् अवरोध गर्यो । यो सदन सत्तालई चाहिन्छ चाहिँदैन तर, नेकपा (एमाले) लाई चाहिन्छ,” उनले भने ।
अविश्वासको प्रस्ताव दर्ता हुँदा मनोमोहन अधिकारीले शिक्षण अस्पतालको बेडबाट सदनलाई सम्बोधन गरेर राजीनामा पेस गरेको उदाहरण प्रस्तुत गर्दै उनले एमालेलाई संसद् अत्यन्तै प्रिय लाग्ने जिकिर गरे । साथै उनले एमालेलाई सीआईबी विरोधी हो भन्ने भाष्य निर्माण गर्न खोजिएको पनि दाबी गरे ।
‘उच्च पदस्थ संलग्न छन् भने कारबाहीको दायरमा आउनु पर्छ भन्यौं । सीआईबी र हाम्रो पार्टीबीच अविश्वास गर्ने कुरा भयो । त्यसमा खेद छ । हामी राज्यको प्रत्येक निकायमा विश्वास गर्छौं । जब ठूला समात्ने बेला हुन्छ सीआईबीको गाडी मोडिन्छ त्यसैले समितिको माग गरेका हौं । अदालतप्रति अगाध विश्वास छ अख्तियारप्रति पनि । राजनीतिक दबावका कारण स्वतन्त्रपूर्व काम गर्न दिइएको छैन । हामी स्वतन्त्र छानबिनको पक्षमा छौँ’, उनले भने । एमालेको माग बमोजिम समिति बनाएकोमा उनले सरकारसहित सबै दललाई धन्यवाद दिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply