नेपाली सेनाका गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता
११ भदौ, काठमाडौं । नेपाली सेनाका एकजना गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन्।
डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।
‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’
पोखरेलले मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरातिर परिचालित गरिएको बताएका छन्।
‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’
मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए।
मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए।
पोखरेले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply