नेपाली सेनाका गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता
११ भदौ, काठमाडौं । नेपाली सेनाका एकजना गुल्मपति डोल्पा सदरमुकाबाट बेपत्ता भएका छन्।
डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज एवम् गुल्मपति विमल पण्डित आइतबार अपरान्हदेखि सम्पर्कविहीन भएका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बताए।
‘त्रिपुरातिर जान्छु भनेर व्यारेकबाट निस्किनु भएको रहेछ। अहिलेसम्म उहाँ ब्यारेकमा फर्किनु भएको छैन’, पोखरेलले भने, ‘पीएसओसमेत नलिई बाहिर निस्किनु भएकाले सम्पर्क हुन सकेको छैन।’
पोखरेलले मेजर पण्डितको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट डीएसपीको टोली नै त्रिपुरातिर परिचालित गरिएको बताएका छन्।
‘मेजर पण्डितको खोजीका लागि हामीले डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरेका छौँ’, उनले भने, ‘अहिलेसम्म उहाँ भेटिनु भएको छैन। त्रिपुरातिर गएको भन्ने सूचनाका आधारमा खोजी भइरहेको छ।’
मेजर पण्डित आइतबार अपरान्ह इभिइनिङ वाकमा जाने भन्दै ब्यारेकबाट हिँडेका थिए। सुरक्षा स्रोतका अनुसार उनले आफ्ना सुरक्षा गार्डलाई मसँग नआउन एक्लै जान्छु भनेर गएका थिए।
मेजर पोखरेल ब्यारेकबाट निस्किएर नफर्किएको २४ घण्टा हुन लाग्दा पनि सम्पर्कमा नआएपछि अनेक आशंकाको अवस्था उत्पन्न भएको पोखरेलले बताए।
पोखरेले दुर्गम क्षेत्र भएकाले टेलिफोन नेट्वर्कको समस्या हुँदा खोजी र सम्पर्क गर्न गाह्रो भएको जानकारी दिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply