१० वटै संसदीय समितिका नव निर्वाचित सभापतिले लिए शपथ
११ भदौ,काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज (सोमबार) सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नव निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना र कानुनीमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । यसअघि प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरण समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे, महिला समितिमा एमालेका किरण साह, लेखा समितिमा ऋषिकेश पोखरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव र उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।
उद्योग समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सोमबार उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका खान पनि निर्विरोध निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply