१० वटै संसदीय समितिका नव निर्वाचित सभापतिले लिए शपथ
११ भदौ,काठमाडौं । प्रतिनिधिसभाको १० वटा विषयगत समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
आज (सोमबार) सिंहदरबारस्थि कृषि समितिको हलमा आयोजित विशेष कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिका नव निर्वाचित सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा राना र कानुनीमन्त्री धनराज गुरुङ पनि उपस्थित थिए । यसअघि प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिका सभापतिहरू निर्विरोध निर्वाचित भएका हुन् ।
राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, कृषि सहकारी तथा वातावरण समितिमा डा. आरजु राणा देउवा, अर्थ समितिमा सन्तोष चालिसे, महिला समितिमा एमालेका किरण साह, लेखा समितिमा ऋषिकेश पोखरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा माओवादी केन्द्रकी विमला सुवेदी, पूर्वाधार विकास समितिमा राप्रपाका दिपक बहादुर सिंह, स्वास्थ तथा शिक्षा समितिमा नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपा नेपालका राजकिशोर यादव र उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्वाचित भएका छन् ।
उद्योग समितिको सभापतिमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सोमबार उम्मेदवारी फिर्ता लिँदै समर्थन गरेपछि जनमत पार्टीका खान पनि निर्विरोध निर्वाचित भएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply